Sajhamanch Archive

बालुवाडी खुल्ला दिसामुक्त घोषणा

Published: in स्थानीय तह by .

बालुबाडी । नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकामा पर्ने साविक बालुवाडी गाविस खुल्ला दिसामुक्त घोषणा भएको छ ।

प्रत्येक घरधुरीको सुरक्षित शौचालयमा पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण अनुगमन गरेपश्चात् शुक्रबार बालुवाडीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

१ हजार २ सय ७२ घरधुरी रहेको बालुवाडीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रले खुल्ल दिसामुक्त अभियान सहजीकरण गर्नुअघि ४ सय ६४ घरधुरीमा मात्र सुरक्षित शौचालय रहेकोमा अभियानको क्रममा बाँकी ८ सय ८ घरधुरीमा नयाँ शौचालय निर्माण भएका हुन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बालुवाडी खुल्ला दिसामुक्त भएको घोषणा गरे भने कार्यक्रमका विशिष्ट अतिथि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति उपाध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका उपप्रमुख मीना पराजुलीले समितिले तर्फबाट खुल्ला दिसामुक्तको प्रमाणपत्र प्रदान गरिन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि आलमले गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइ अभियान अघि बढाउनुपर्नेमा जोड दिए । विशिष्ट अतिथि पराजुलीले सम्पूर्ण स्थानीय तहले पूर्ण सरसफाइ अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

कचनकवल गाउँपालिका, वडा नं. ७ का अध्यक्ष भरतप्रसाद राजवंशीको अध्यक्षतामा भएको घोषणा समारोहमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपाने, विराट सामुदायिक अध्ययन केन्द्रका गणेश ओली, ज्येष्ठ नागरिक प्रतिनिधि धर्मप्रसाद खरेल, दीपज्योति वन उपभोक्ता समितिका श्याम घिमिरे, नेपाल रेडक्रस सोसाइटीका भक्तबहादुर शंकर लगायतले दिगो सरसफाइ प्रवद्र्धन बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विराट सामुदायिक अध्ययन केन्द्र र वडा कार्यालयको तर्फबाट खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, व्यक्ति र निकायहरुलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *