Sajhamanch Archive

दुईबुँदे सहमति गरेपछि गंगामायाले अनशन तोडिन्

Published: in समाज by .

सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् ।

गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् ।

त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुईबुँदे पत्र गंगामायालाई दिइएको थियो ।

जसमा २०७१ असोज ३१ गते सरकारले गंगामायासँग गरेको पाँचबुँदे लिखित सहमति कार्यान्वयन गर्ने र कार्यान्वयन भए/नभएको अनुगमन गर्न सरकारका प्रतिनिधि र गंगामाया अधिकारीले छानेका व्यक्तिहरु सम्मिलित समिति गठन गर्ने प्रतिबद्धता जनाइएको छ ।

अनशन तोडेपछि गंगामायाले आफूले अहिलेका लागि अनशन स्थगित गरेको भन्दै सरकारले प्रतिबद्धता पूरा नगरे पुनः अनशन बस्ने बताइन् ।

-इमेजखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *