Sajhamanch Archive

११ केजी सालकको खपेटासहित एक पक्राउ

Published: in राष्ट्रिय समाचार by .

पाँचथर । प्रतिबन्धित सालकको खपेटासहित एक जनालाई पाँचथर प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका ३ बस्ने ५३ वर्षीय फुपुठिले शेर्पालाई रहेको प्रहरीले जनाएको छ ।

सवारी चेकजाँचको क्रममा ११ केजी सालकको खपेटा (अखेटोपहार) सहित शेर्पालाई पक्राउ गरिएको पाँचथरका प्रहरी सहायक निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । ईलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले हिलिहाङ गाउँपालिका २ स्थित मेची राजमार्गमा असार शुक्रबार सवारी चेकजाँच गर्दा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा उक्त ओखेटोपहार फेला पारेको पौडेलको भनाई छ ।

११ केजी सालकको खपेटा, दुई थान मोबाईल फोन, चाँदीका केही गर गहना र नगद बाह्र हजार रुपैयाँसहित शेर्पालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । शेर्पालाई शुक्रबार नै आवश्यक कार्बाहीका लागी जिल्ला वन कार्यालय पाँचथरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *