Sajhamanch Archive

सडकको डिजाइन गलत हुँदा स्थानीयलाई सास्ती

Published: (Updated: ) in समाज by .

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा निर्माणका चरणमा रहेको चारआली केचना सडक खण्डको सडक नाला निर्माण तथा पानीको निकास डिजाइन गलत हुँदा बाढी सडकमा पस्न थालेको छ ।

सामान्य पानी पर्दा पनि सडक नालामा जम्मा हुने पानीको निकास बग्ने सामान्य होम पाइप राखेका कारण वर्षाद बढ्ने बित्तिकै पानी सडक माथि बग्ने गरेको हो ।
चन्द्रगढी चौकदेखि चारआली सम्मको ९ किलो मिटर क्षेत्रमा मात्र ५ ठाउँ नालीको पानी पसेर सडक भत्कदा आवत जावतमा हैरान खेप्नु परेको स्थानीयको गुनासो छ ।

भद्रपुर ९ का वडा सदस्य तथा स्थानीय बासिन्दा नुतन पौडेल भन्छन् “कल्वट निर्माणको इष्टमेट तयार गर्नुृ पर्ने हुलाकी सडकले होमपाइपको स्टमेट दिँदा निर्माणाधिन सडकमा पानीको भल पसेर आवत जावतमा समस्या भइरहेको छ ।” गलत इष्टमेट सुधार गर्न पटक पटक माग गरिए पनि परियोजनाले चासो नदिएको स्थानीय बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *