Sajhamanch Archive

भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन

Published: in मुख्य समाचार, समाज, by .

भद्रपुर । झापाका पूर्वी नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतीय क्षेत्रमा सञ्चालित अवैध चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुने अवस्था आए पनि प्रहरी प्रशासन रमिते बन्ने गरेको छ । केही महिना अगाडि झापाको प्रहरी प्रशासनले सक्रियता देखाउँदै अवैध चिट्ठा रोकेको जस्तो देखिए पनि पछिल्लो समय भने खुल्ला रूपमा भारतीय चिट्ठा बिक्री हुन थालेको छ ।

प्रहरीले झण्डै आधा दर्जन भारतीय चिट्ठा बिक्री गर्ने भारतीय नागरिलाई पक्राउ गरि कार्वाही समेत नगरेको होइन । तर, पछिल्लो समय भने प्रहरी प्रशासन त्यसतर्फ मौन देखिन्छ । खुल्लेआम अन्य सामान बिक्री गरे सरह भद्रपुर बजारमा भारतीय नागरिकले चिट्ठा बिक्री गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रत्यक्षदर्शीका अनुसार केही महिना अगाडी चिट्ठा बेच्ने भारतीय नागरिकहरू लुकिछिपी पसल–पसलमा गएर तथा चिट्ठा खेल्ने सम्बन्धित व्यक्तिलाई नै भेटेर सुटुक्क चिट्ठा बिक्री गर्थे तर अहिले खुल्लेआम बिक्री हुने गरेको छ । दुईहप्ता अघि चिट्ठा बिक्री गर्ने भारतीय नागरिक ३ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ समेत गरेको थियो ।

गत २ वर्ष पहिला सीमा क्षेत्रमा कडाईका साथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिट्ठा कारोबारीलाई निगरानी बढाए दुई जनालाई चिट्ठाका साथ पक्राउ गरेको हो । प्रहरीको निगरानी बढेसँगै भारतबाट खुलेआम रुपमा चिट्ठा बिक्री गर्न नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकोहरूको अनुरोधमा लुकाई छिपाई भारतीय चिट्ठा नेपाल भित्रने गरेको थियो । तर अहिले भने अबैध भारतीय चिट्ठा खुलेआम नेपाल भित्रने गरेको छ ।

अहिले मुख्यगरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट ,भाडा पसल जस्ता स्थानमा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू क्यारियर मात्र भएको र खेल्नेहरू नेपालमै प्रशस्त भएकोले उनीहरूलाई प्रहरीले छुन पनि नसक्ने स्थानीयको भनाई छ । भद्रपुरमा भारतीय चिट्ठा खेल्ने गिरोह नै छ । उनीहरूलाई पक्राउ गरी कानूनी कार्वाही नगरेसम्म भद्रपुरमा भारतीय चिट्ठाको धन्दा बन्द नहुने केही व्यापारी बताउँछन् ।

भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिट्ठा खेल्ले गरेका छन् ।
भारतबाट चिट्ठा बेच्न आउने एक भारतीयका अनुसार भद्रपुर चन्द्रगढीबाट मात्रै दैनिक ५ लाख भन्दा बढीको चिट्ठा खरिद हुने बताउँछन् । हामी त चिट्ठा बिक्रेता हौं, जति धेरै बिक्री गर्न सक्यो उति बढी कमिशन आउँछ, र बेचेको चिट्ठामा परिहाल्यो भने थप कमिशन आउँछ ।’

पहिला ५ लाख पर्ने चिट्ठा, १० लाख, २५ लाख हुँदै अहिले ५० लाख पुगेको थियो अहिले फेरि २६ लाखमा झरेको उनिहरु बताउँछन् । कहिले काँही १÷२ जनालाई सामान्य रकम परेजस्तो भएपछि आकर्षित हुदै गएको भारतीय चिट्ठाप्रति लत प्रहरी प्रशासनको मौनताका कारण पनि भद्रपुरमा खुल्लेआम खरिद बिक्री बढेको हुनसक्ने भद्रपुरका केही व्यापारीको आरोप छ ।

भारतबाट बिक्री गर्न आउने, क्यारियर गर्ने मात्र हैन यहाँ बसेर खेल्लेलाई पनि कार्वाहीको दायरामा जवसम्म ल्याइन्न तबसम्म भद्रपुरमा भारतीय चिट्ठाको कारोबार बन्द नहुने उनिहरु बताउँछन् ।

भद्रपुरमा भारतीय चिट्ठा बिक्री हुने गरेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगू स्वीकार्छन । बजारमा चिट्ठा खरिद बिक्रीको हल्ला छ, केही व्यक्तिले गुनासो पनि गर्ने गरेका छन् । पहिला पक्रेर मुद्दा पनि चलाएको हो । गुनासो गर्नेहरूलाई चिट्ठा बिक्री भएको देख्ने वितिक्कै आफूलाई खबर गर्न फोन नम्बर समेत दिएको छु उनले भने ।

बढी कारोबार हुने ठाउँमा आप्mनो ध्यान रहेको बताउँदै जगेबूले गस्ती टोलीलाई समेत विशेष ध्यान दिन निर्देशन दिएको बताउँछन् । उनका अनुसार कतिपय आफै चिट्ठा खेल्ने अनि अर्काको पर्ने र आप्mनो नपरे पछि गुनासो गर्ने गरेको बताउँदैं कुनैपनि ठाउँमा भारतीय चिट्ठा बिक्री भए, हुन लागे तत्काल आफूलाई खबर गर्न समेत जगेबूले आग्रह गरे ।

अर्का चिट्ठा बिक्री गर्ने भारतीय नागरिक भन्छन्–‘हाम्रोमा चिट्ठा बिक्री गर्ने धेरै छन् । नेपालमा आएर मात्र बिक्री गर्ने झण्डै एक दर्जन होला । भद्रपुर चन्द्रगढीमा मात्र दैनिक नेपाली ३ लाखसम्मको चिट्ठा बिक्री हुन्छ । कति त उतै गएर किनेर ल्याउँछन् ।

ऐनमा के छ ?
चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् ।

कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिट्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिट्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आपूm साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा उडाउने प्रावाधान छैन ।

त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिट्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिट्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्न पाइदैन । त्यस्तो प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ । भन्ने चिट्ठा ऐनमा प्रस्ट व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *