Sajhamanch Archive

समावेशी महिलाको कार्यालय भवन उद्घाटन

Published: (Updated: ) in समाज by .

कमल । समावेशी महिला शसक्तिकरण केन्द्रले आज एक कार्यक्रम गरी कार्यालय  उद्घाटनका साथै आजिवन सदस्यलाई प्रमाण पत्र प्रदान गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नम्बर १ की माननिय सभासद ईन्दिरा राई र विशेष अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्त रुपमा कार्यालय उद्घाटनका साथै संस्थाका आजिवन सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी राईले समाजमा भएका विकृति र विसंगति हटाउन समावेसी महिला शसक्तिकरण केन्द्रले गरेको कामको प्रशंसा गरेकी थिईन् ।

त्यसैगरी विशेष अतिथि मेनुका काफ्लेले केन्द्रमा आवद्ध महिलालाई विभिन्न सिपमुलक तालिम दिएर स्वरोजगार बनाएको शसक्तिकरण केन्द्रलाई धन्यवाद दिदै आगामी दिनमा महिलालाई हित हुने खालका कार्यक्रम बनाएर अगाडी बढे गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा कमल गाउँपालिकका उपाध्यक्ष बेनु सिवाकोटी, झापा उद्योग वाणिज्य संधका उपाध्यक्ष पृथ्वी डाँगी, मेचुयुनेस्को क्लवका अध्यक्ष मधुसुधन अधिकारी, प्रहरी चौकी केर्खाका इन्र्चाज उत्तम कार्की केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ्ग, गाउँ कार्यपालिका सदस्य तारा वोगटी लगायतको उपस्थिति रहेको थियो ।

समावेसी महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेनुका खतिवडाले स्वागत मन्तव्य राखेकी थिईन् । सचिव गौरा चापागाईले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *