Sajhamanch Archive

कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, समाज by .

सुरुङ्गा । कनकाइलाई हरित नगर वनाउँने अभियानमा लागेको सुरुङ्गा जेसीजले वजार क्षेत्रका कालो पत्रे भइसकेका वाटाहरुलाई प्राथमिता राखी अभियानलाई तिव्रता दिएको छ ।

जेसीजले सन २०११ देखि नै ग्रीन सिटि क्लिन सिटि सुरुङ्गाको नारालाई आत्मसाथ गर्र्दै सोही समयमा वजार क्षेत्रको कालो पत्रे भएको मुख्य सडक खण्ड क्याम्पस रोडमा वृक्षरोपण गरि सकेको अभियानका परिकल्पनाकार सुरुङ्गा जेसीजका वर्तमान अध्यक्ष भिमप्रसाद भट्टराईले वताए ।

अभियानको निरन्तरता स्वरुप जनप्रतिनिधीहरुले स्थानिय निकायको नेतृत्व सम्हालेसँगै सुरुङ्गा जेसीजले कनकाई नगरपालिका, कनकाई सामुदायिक वन र कनकाई टोल विकास संस्थासँगको साझेदारीमा नगर क्षेत्र भित्रका सवै भित्रि सडक वाटाहरुमा वृक्षरोपण गर्ने भएको थियोे । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित कनकाई नगरलाई सुन्दर, शान्त र सफा राख्न नगरमा क्रियाशिल संघ संस्थाहरु लगायत सम्पूर्ण नगरवासी सक्रिय हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

सुरुङ्गा जेसीजले शनिवार औपचारिक रुपमा वृक्षारोपण कार्यक्रमको निरन्तरता स्वरुप सुरुङ्गा स्थित कालो पत्रे भइसकेको भित्री वाटो प्यारागन मार्गको दुवै तर्फ विशेष किसिमको सय वटा गमलामा वृक्षारोपण गरेको छ । विरुवामा पानी लगाएर वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जेसीजले चालेको अभियानमा नगरपालिका सधैं सकारात्मक रहेको बताए ।

कनकाई नगर क्षेत्रमा एक घर दुई विरुवा साथै एक बालकको जन्मसँगै एक विरुवा सार्वजनिक स्थलमा रोपेर जोगाउँनु पर्ने कार्यलाई अभियानका रुपमा कनकाई नगरपालिकाले अघि वढाएको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले “सुन्दर,शान्त, हरित नगरी—स्वच्छ नगर हाम्रो जिम्मेवारी ” भन्ने नगरको नारा कार्यक्रममा सार्वजनिक गरेका थिए ।

सुरुङ्गा जेसीजका तर्फवाट अध्यक्ष भिमप्रसाद भट्टराईले “ग्रीन सिटि क्लिन सिटि सुरुङ्गा” भन्ने जेसीज अभियानको श्लोगान सार्वजनिक गरेका थिए । जलवायुमा आएको परिवर्तनले वायू मण्डलमा देखिएको समस्यालाई न्युनिकरण गर्नका लागि वातावरणको स्वच्छतामा ध्यान दिनु पर्ने तर्फ जोड दिँदै नगरप्रमुख पोखरेलले हरित नगर निर्माणमा नगरवासीलाई क्रियाशिल रहन अनुरोध गरेका छन् ।

सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्व रहेको कार्यक्रममा कनकाई नगरका जनप्रतिनिधीहरु, स्थानिय चारवटै सामुदायिक वनका अध्यक्ष एवम् पदाधिकारीहरु, वजार व्यवस्थापन समिति, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष प्रेमप्रसाद दहाल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष एवम् सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, जेसीजक पूर्व अध्यक्ष शिव कडेल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संयोजक सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन वोहोराले स्वागत तथा निवर्तमान अध्यक्ष जविन तिम्सिनाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष नमिता काफ्लेले आस्थावाचन गरेकी थिइन् । जेसीजका वातावरण संयोजक राजकुमार कट्टेलले जेसीज मिसन र भिजन प्रस्तुत गरेको कार्यक्रमको संचालन महासचिव देवेन्द्र रिसालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *