Sajhamanch Archive

जलवायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम

Published: in विविधा by .

झापा । जलबायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ ।

बढ्दो मानवीय गतिबिधीका कारण वातावरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि, राजनीतिक दल, सञ्चारकर्मी, समाजिक व्यक्तित्व तथा सर्र्वसाधारणको उपस्थिति रहेको थियो ।

बाताबरण संरक्षण मञ्च नेपाल र बन तथा बाताबरण समिति हल्दीबारी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा हल्दीबारी गाउँपालिका वडा ३ का वडापरिषद सदस्य शर्मिला बिश्वकर्माको प्रमुख आतित्थयता तथा बाताबरण संरक्षण मञ्च नेपाल अध्यक्ष हैकम राज घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा हल्दीबारी गाउँपालिका वडा ३ का ३० जना सर्व–साधारणको उपस्थिति रहेको थियो । बाताबरण संरक्षण मञ्चका सदस्य सत्यम कुमार चौधरीले स्वागत गरेका कार्यक्रममा स्थानिय लक्ष्मी माबिका पुर्व प्रध्यान्यापक ओमप्रसाद मिश्र र निवर्तमान नेकपा एमालेकी गाउँ कमिटि अध्यक्ष कमला ढुङगेल संचारकर्मी सरोज पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यतm गरेका थिए । हल्दीबारी ३ को पञ्चायत माबिमा भएको कार्यक्रमको सहजीकरण बिरेन मेचेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *