Sajhamanch Archive

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको बत्ती

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुनसरी । लगातार पानी परेपछि सप्तकोशी नदीमा खतरा बढेको छ ।

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार अविरल वर्षा हुँदा सप्तकोशी नदीमा पानीको बहाव बढेकाले खतरा भएको हो । जसका कारण कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खोलिएको छ ।

गएराति कोशी नदीमा पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको हो । योसँगै ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिएका छन् ।

ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि भएपछि खतराको बत्ती बाल्ने गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *