Sajhamanch Archive

निर्धन उत्थान विकास बैंकले विमित परिवारलाई क्षतिपूर्ति

Published: in अर्थतन्त्र by .

भद्रपुर । निर्धन उत्थान विकास बैंक चन्द्रगढी शाखाले ग्रामिण कर्जा अन्र्तगत विमा वापतको क्षतिपूर्ति रकम विममितको परिवारलाई हस्तान्तरण गरेको छ ।

भद्रपुर १० चैतुवारीकी स्वर्गीय कलामाया श्रेष्ठको परिवारलाई ५ लाख ५४ हजार २०८ रुपैया कर्जा विमा वापत क्षतिपूर्ति स्वरूप प्रदान गरिएको हो ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको रोहवरमा बैंकका क्षेत्रीय प्रमुख लक्ष्मीपति काफ्लेले स्वर्गीय श्रेष्ठका श्रीमान् दलबहादुर श्रेष्ठलाई बैंकको तीर्नबाँकी कर्जा २ लाख ५१ हजार २३७ रुपैयाँ कटाएर २ लाख ९७ हजार ९ सय ७१ रुपैयाँ नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष टेकबहादुर खड्का, राप्रपाका नगर सभापति बाबुराम पराजुली, बैंकका क्षेत्रीय कार्यालय प्रमुख लक्ष्मीपति काफ्लेले विमा सम्बन्धी धारणा राख्दै मृतकका परिवारप्रति सान्त्वना व्यक्त गरेका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *