Sajhamanch Archive

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट, बिहे कहिले

Published: in टिप्स/जानकारी by .

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ ।

डेढ वर्षयताको अफयेरलाई विबाहमा परिणत गर्न प्रियंका र आयुषमानले शनिबार इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको तस्वीर आयुषमानकी आमा तथा चर्चित बैंकर रविनादेशराज श्रेष्ठले सार्वजनिक गरेकी हुन् । उनले प्रियकांलाई छिट्टै घरमा भित्र्याउन आतुर रहेको समेत बताएकी छिन् ।

इन्गेजमेन्ट भए पनि वैवाहिक कार्यक्रम कहिले हुने भन्नेबारे केही खुलाइएको छैन् ।

प्रियंका अहिलेकी निकै व्यस्त र चर्चित नायिका मानिन्छन् । नवनायक आयुष्मान पनि निकै चर्चित छन् । यो जोडी नेपाली फिल्मी क्षेत्रमा नमुना जोडी बन्न सक्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *