Sajhamanch Archive

सुन तस्करी प्रकरणः गोरेका भाई रमेश यूएईमा समातिए

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् ।

उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल,  बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।

‘उप्रेतीलाई केही दिनअघि पक्राउ गरिएको हो’, गृह स्रोतले भन्यो, ‘नेपाल ल्याउने तयारी भइरहेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *