Sajhamanch Archive

फेरि ताते पौडेल, बोलाए आफू निकटको भेला

Published: in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाका छन् ।

पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा दब्दवा राखेको भन्दै पौडेल समूहले विरोध गर्दै आएको छ । नेता पौडेलले आफू निकटका नेताहरूसँग सोमबार काठमाडौंमा छलफल गर्न लागेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘पार्टीका विषयमा आफू निकटका सीमित नेताहरूसँग वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूले सामान्य छलफल गर्न लाग्नुभएको हो’, पौडेलले भने, ‘यसलाई अन्यथा रुपमा लिनुपर्दैन ।’

पौडेलले सभापति देउवाबाट अहिलेसम्म भएका गतिविधि र अब कसरी अगाडि बढ्ने भन्नेबारेमा आफू निकटका नेताहरूसँग सल्लाह सुझाव लिनेछन् ।

भेलामा नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी निकटका नेताहरूको पनि सहभागिता हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *