Sajhamanch Archive

पूरा होला त कशिसको सपना

Published: in टिप्स/जानकारी by .

काठमाडौँ । पछिल्लो समय कलाक्षेत्रमा सुनौलो भविष्य देखेर भित्रिने  युवायुवती थुप्रै छन् । ति मध्यकी एक हुन् – कशिस दाहाल । कशिस चलचित्र ‘द प्रिन्स’ मार्फत नायिको रुपमा चाडै नै देखिदै छिन् ।

यो उनको डेब्यु चलचित्र हो । पहिलो चलचित्रबाट नै अभिनयमा राम्रो छाप छाड्ने उनले आस गरेकी छन् । ‘द प्रिन्स’ पुराना तथा अनुभवी निर्देशक मदन घिमिरे निर्देशक रहेका छन् ।

अभिनय र नृत्यमा पोख्त भएपछि कलाकारितामा रोजेकी कशिसलाई अभिनयमा शरीरले पनि साथ दिएको छ । गोरो अनुहार र चिटिक्क मिलेको जिउडाल भएकी उनको अर्काे आकर्षक पक्ष हासेर बोल्ने रहेको छ । उनको हासोमा जो कोही मोहित पनि हुन सक्छ । ‘मेरो हासो सबैले रुचाउछन्’ उनले भनिन् ।

पूर्वको इटहरीकी स्थायी बासिन्दा उनी अहिले अभिनयका लागि काठमाडौं कर्मथलो बनाइरहेकी छन् । मास्टर फष्ट एयर अध्यायनरत उनलाई कलाकारितामा आफ्नो परिवारको पनि साथ रहने गरेको छ ।

‘परिवार र साथीभाइको प्रेरणा र हौसलाले कलाकारितामा अगाडि बढ्न सजिलो भएको छ’उनले भनिन् ‘छिट्टै चलचित्र क्षेत्रमा स्थापित नायिको रुपमा चिनिने लक्ष्य छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *