Sajhamanch Archive

नेकपाले किन बोलायो सचिवालयको आकस्मिक बैठक ?

Published: (Updated: ) in राजनीति by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सरकार सञ्चालन, डाक्टर गोविन्द केसीको अनसन, सदनमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोध लगायतका विषयमा छलफल हुने छ ।

यसैगरी, पार्टीका प्रदेश, जिल्ला गाउँ÷नगर कमिटी र जनसंगठनको एकताका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

केहीदिन अघि मात्र नेकपाले पार्टीको नियमावली पारित गरेको थियो । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा तीन महिनाभित्र सबै तहको एकता सक्ने भनिएको थियो ।

तर, नेताहरुले भनेको समय सकिन एक महिना मात्र बाँकी छँदा तल्लो तहको एकता प्रक्रिाय शुरु हुन सकेको छैन । एकताका लागि विभिन्न कार्यदल बनाएर काम अघि बढाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *