Sajhamanch Archive

भद्रपुर ७ खुल्ला दिशा मुक्त घोषणा

Published: in स्थानीय तह by .

भद्रपुर । भद्रपुर नगरपालिकाको ७ नम्बर वडा खुला दिसामुक्त वडाका रूपमा घोषणा गरिएको छ ।

नगरको ५ औं खुला दिसामुक्त वडाका रूपमा घोषणा भएको हो । वडामा एक हजार ७ सय ३१ घरधुरी रहेका छन् । जस मध्ये यसैवर्ष ४ सय १६ घरधुरीमा चर्पी निर्माण सम्पन्न गरिएपछि जिल्ला सरसफई समन्वय समितिले खुला दिसामुक्त हुन स्वीकृति प्रदान गरेपछि वडालाई पूर्ण सरसफाई युक्त वडा घोषित भएको हो ।

वडा सरसफाई समन्वय समितिका अध्यक्ष विनोदकुमार पोखरेलको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा वडालाई सरसफई युक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने टोल विकास संस्थाहरू, विभिन्न व्यक्ति, वडामा कार्यरत कर्मचारी, सामाजिक संघ संस्था लगायतलाई कदर पत्र सहित सम्मान समेत गरिएको थियो ।

वडाले नगरपालिकाको सरसफाई अभियान सफल बनाउन भूमिका खेलेको ठहर गर्दै नगर कार्यपालिकाले नगद एक लाख पुरस्कार रकम प्रदान गरेको थियो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडाध्यक्ष विनोदकुमार पोखरेललाई एक लाख रूपैयाको चेक हस्तान्तरण गरेका हुन् । त्यसैगरी आफ्नै लगानीमा शौचालय बनाएको भन्दै विपन्न परिवारका उत्तमलाल गणेश र अल्का ठकुरीलाई नगद एक हजारले सम्मानित गरिएको थियो । खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निशुल्क रूपमा सरसफाइका सामग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा टोल विकास संस्थाको तर्फबाट उत्तमकुमार सुवेदी, चन्द्रगढी खानेपानीका अध्यक्ष पुरुषोत्तम अधिकारी, डिभिजन खानेपानीका रुद्रबहादुर न्यौपानेले मन्तव्य राखदै वडाको सरसफाइमा स्थानीयको भूमिका महत्यपूर्ण रहने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *