Sajhamanch Archive

निर्वाचन आयोगले अझै खर्च विवरण सार्वजनिक गरेन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदै राष्ट्रिय सभा निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गर्न आलटाल गरेको छ।

निर्वाचन सकिएको आर्थिक वर्षभित्रै खर्चको विवरण सार्वजनिक गरिसक्नुपर्ने भए पनि आयोगले निर्वाचनमा भएको खर्च सार्वजनिक गर्न ढिलाइ गरेको हो।आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनका बेला भएको खर्चको भुक्तानी दिने काम नटुंगिएकाले खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको बताए।

‘आर्थिक वर्षको समापनमा नै खर्च भएको रकम सार्वजनिक गर्नुपर्ने हो तर निर्वाचनमा भएको खर्चको भुक्तानी दिने काम नटुंगिएकाले विवरण सार्वजनिक गर्न ढिला भयो । सोमबारसम्म सबै भुक्तानी गर्छौं,’ आयुक्त शाहले जानकारी दिएकाे खबर राजधानी दैनिकमा छ। उनले महालेखा परीक्षकको कार्यालयबाट खर्चको अडिटिङको काम समेत जारी रहेकाले साउन पहिलो सातासम्ममा आयोगले सबै खर्च विवरण सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगले अघिल्लो आर्थिक वर्षमा भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको भने खर्च विवरण सार्वजनिक गरिसकेको छ। आयोगका प्रवक्ता दीपक सुवेदीले तेस्रो चरणमा प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनबाहेक स्थानीय तह निर्वाचनको खर्च विवरण महालेखा परीक्षकको कार्यालयमार्फत सार्वजनिक गरिसकेको जनाएका हुन्। महालेखा परीक्षकको कार्यालयले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको खर्च विवरण वेभसाइटमा समेत राखेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *