मेचे समाज शिवियारी आफातद्वरा खेलाडीसहित सांस्कृतिक टोली सम्मानित
Published:
by .मेचीनगर । मेचे समाज शिवियारी आफातको २७ औँ स्थापना दिवश सांस्कृतिक र सम्मान कार्यक्रम गरी मनाइएको छ ।
मेचीनगर ११ स्थित समाजको सभाहलमा आयोजित कार्यक्रममा मेचे जातिको पहिचान झल्कने नृत्य प्रस्तुत गर्नुका साथै राष्ट्रिय खेलाडीलाई सम्मान गरीएको होे । कार्यक्रममा खेलकुद र गीत संगीतका माध्यमबाट आफ्नो जातिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै १३ औँ साग अन्तर्गत खोखो खेलका कास्य पदक बिजेता झापा बिर्तामोड ६ निवासी कुशल मेचे र सांस्कृतिक नृत्य टोलीका दर्जनबढी कलाकारहरुलाई नगद र सम्मानपत्रले सम्मानित गरिएको थियो ।
मेचे समाज शिवियारी आफातका केन्द्रिय अध्यक्ष रञ्जीत मेचेको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पार्तेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोर्तेलले मेचे समुदायको उत्थानका निम्ती संस्कृतिलाई जगेर्ना गर्दै युवाहरुलाई सीपमुलक तालिमकोे व्यवस्थाप गरी व्यवसायिक क्षेत्रमा आवद्ध गराउन ुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए । यसैगरी समाजका पुर्व अध्यक्ष तथा मेचीनगर ७ का वडाध्यक्ष चन्दन मेचे र वडा नंबर ११ का अध्यक्ष सन्तोषकुमार मेचेले पछिल्लो समय मेचे जातीको अवस्थामा क्रमश सुधार आईरहेको बताएका थिए ।
झापामा मुख्य थलो बनाई बसोबास गर्ने लोपोन्मुख समुदायमा सूचीकृत मेचे जातिका मानिसहरुको संख्या करीव ४ हजारको हाराहारीमा मात्र रहेको र उनीहरुमा चेतनाको स्तरमा बृद्धिसँगै राज्यका हरेक अंगमा पहुँच पुग्ने क्रम पनि शुरु भएको बताए । उनले मेचीनगरमा रहेका मेचे जातिहरुको उत्थानमा निमित्त सहयोग पुग्ने बिभिन्न योजनाहरु बनाईरहेको पनि सुनाएका थिए ।
कार्यक्रममा मेचे बोधो साहित्य समाजका केन्द्रिय अध्यक्ष कमल मेचे , मेचे उत्थान महिला समिति अध्यक्ष रोश्नी मेचे , बोधो रोजा धर्मगुरु नन्दकुमार मेचे लगायतले शुभकामना मन्तव्य राख्दै सरकारले प्रदान गर्दै आएको सुरक्षा भत्ताले आफ्नो समुदायको अवस्था सुधारमा प्रोत्साहन मिलेको भन्दै उत्थान र संरक्षणका लागी युवास्तरबाट पनि पहल हुनुपर्ने बताएका थिए । समाजकी केन्द्रिय उपाध्यक्ष अग्निमाया मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बिरेन मेचेले गरेका थिए । समाज २७ औँ बर्षमा प्रबेश गरीरहँदा औपचारीक कार्यक्रम गरी स्थापना दिवस मनाएको यो नै पहिलोपटक भएको अध्यक्ष रञ्जीत मेचेले जानकारी दिए ।
Comments