Sajhamanch Archive

झापाबाट काठमाण्डौ गइरहेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका वडा नं. ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *