Sajhamanch Archive

२९ राउण्ड गोली बोकेर जहाज चढ्न खोजेपछि…

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पोखरा। २९ राउण्ड राइफलको गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ ।

पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ गरेको हो । उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं जाँदै थिए ।

विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार गोली के प्रयोजनको लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *