Sajhamanch Archive

वार्षिकोत्सवको अवसरमा न्यूटन्सले गर्‍यो रक्तदान र शैक्षिक सामाग्री वितरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकेडेमीले १७औं वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरेको छ ।

एकेडेमीले आफ्नो वार्षिकोत्सवका अवसरमा रक्तदान तथा अम्बरसिंह मावि बिर्तामोडका विपन्न तथा सिमान्कृत समुदायका ४० जना विद्यार्थोहरुलाई शैक्षिक सामाग्री तथा स्कुल युनिफर्म वितरण गरेको छ ।

नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भइरहेको रक्तदानमा अहिलेसम्म ७७ जनाले रगत दान गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महातरा प्रसाईं रहेकी थिइन् ।

वार्षिकोत्सवको अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईंले विद्यालयले पढाइलाई मात्र नभएर विभिन्न सामाजिक गतिविधिलाई ध्यानमा राखेर समय सहुँदो क्रियाकलापले गरेकोले विद्यार्थोहरुलाई समेत सामाजिक कार्य कसरी गर्नुपर्छ भनेर सिक्ने मौका पाएको बताइन् ।

प्रसाईंले अरुले लेखेको किताब पढेर मात्र मान्छे विद्धवान हुन सक्दैन, जसले संसारको सबै वातारण बुझेको हुन्छ उनीहरु मात्र सफल भएका जिकिर गरिन् ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिका ४ नं. का वडाध्यक्ष कुलप्रसाद संग्रौला, प्याब्सन झापाका सहसचिव एचके पाठक, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले आ-आफना धारणा राखेका थिए ।

विद्यालयका एकेडेमिक इन्चार्ज नोयल पेरेराले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *