Sajhamanch Archive

हटाइयो ‘विवादित’ यती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण वर्ष सचिवालयले यती हटाएको हो। सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा राखिएको यतीको मस्कट हटाएको छ।

भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानमा यतीको मस्कट राखिएको थियो। संस्कृतिप्रेमी र स्थानीयले यतीको मस्कटमा कुँदिएका चित्रप्रति आपत्ति जनाएपछि सचिवालयले त्यसलाई हटाएको हो। सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद आयो। यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएका थिए। चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटायो। लगत्तै भ्रमण वर्ष २०२० को सचिवालयले यतीको मस्कट उक्त स्थानबाट हटाएको छ।

इन्द्रजात्रा व्यवस्थापन समिति र यसमा आबद्ध गुठी खलःले प्रेस विज्ञप्ति जारी गरी जीवित देवी देवताका अशोभनीय चित्र मस्कटमा राखिएकोमा आपत्ति जनाएको छ। नेपाल चिनाउन चित्रकारले अपनाएको शैलीप्रति समितिले विरोध गरेको हो।

समितिले भ्रमण वर्ष २०२० प्रति धार्मिक संघसंस्थाको पूर्ण समर्थन र ऐक्यबद्धता भएको प्रस्ट पारेको छ। साथै राष्ट्रका कलाकारप्रति सम्मान रहने विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा १७ ९२० ९१० मा जातजाति, धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने खालका क्रियाकलाप गर्न नपाइने व्यवस्था छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका चिताइदार गौतम शाक्य भन्छन्, ‘कुमारीको आकृति अशोभनीय तवरले यतीको पिठ्यूँमा राखिएको छ। भ्रमण वर्षको प्रचार९प्रसार गर्दा धार्मिक आस्थामै प्रहार भएको छ।’

बौद्ध परिसरमा सोमबार राखिएको यती पनि हटाइएको छ। काठमाडौं महानगरपालिका९६ का वडा अध्यक्ष दीपेन्द्र लामाले विवादित यती हटाएको बताए। ‘यसले सम्पदा र संस्कृतिमा खलल पुर्‍याएको हाम्रो निष्कर्ष छ,’ लामाले भने, ‘कसैको धर्म र आस्थामाथि खेलबाड गर्नु उचित होइन।’

विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपअगाडि अनेक चित्र कोरिएका यती राखिएको थियो। बौद्धका पुग्ने श्रद्धालुले यतीलाई भगवान् ठानेर ढोग्न थालेपछि मस्कट हटाइएको हो।

पाटन दरबार क्षेत्रमा राखिएको दुईवटा यती पनि हटाइएको छ। पाटन संग्रहालयका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार उक्त स्थानमा राखिएको यतीले नेपालको मौलिक पहिचान नबोकेको भन्दै आन्तरिक पर्यटकले गुनासो गर्दै आएका थिए। पाटन दरबार क्षेत्रमा पाँचवटा यती राख्ने भनिए पनि दुईवटा यतीलाई मात्र सहमति दिइएको थियो। पशुपति क्षेत्रमा पनि यतीको मस्कट राख्न रोक लगाइएको छ।

नेपाललाई विश्वभर चिनाउन काल्पनिक हिममानव यतीको प्रयोग गरिएको हो। चित्रसहित एउटा यती निर्माण गर्न ८ लाख परेको छ भने एक सय ८ यती बनाउन करिब १० करोड रुपैयाँ बजेट छुट्याइएको छ।

सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै सपिङ कम्प्लेक्समा समेत यतीको मस्कट राखेको छ। ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको पाइला रहेको यती विश्वमै दुर्लभ र रहस्यमय छ।

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *