Sajhamanch Archive

मोरङमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–४ का ३८ वर्षीय विशुनदेव मुखियाको कुटपिटबाट मृत्यु भएको हो ।

गत माघ ४ गते धनपालथान गाउँपालिका–४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको वादविवाद र कुटपिटबाट घाइते भएका मुखियाको उपचारको क्रममा सोमबार राति साढे ८ बजे विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनामा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० वर्षीय धनिराम मुखिया, २० वर्षीय हरिओम महतो, ३५ वर्षीय मणिचन्द्र महतो, ६१ वर्षीय रामविलास महतो र ३२ वर्षीय शंकर महतोलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ वर्षीय किसन महतो र १५ वर्षीया जमुना कुमारी महतो भने सामान्य घाइते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निगरानीमा स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *