Sajhamanch Archive

प्राथमिक स्वास्थ्य केन्द्रमा औषधी अभाव

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कमल ।  जिल्लाको अर्जुनधारा नगरपालिकामा नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधी अभाव देखिएको छ ।

पछिल्लो समय नेपाल सरकारले ७२ किसिमका औषधी उपलब्ध गराएपनि स्वास्थ्य केन्द्रमा वर्षभरि नै अभाव हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्र सिनियर अहेव अधिकृत डम्वरबल्लव मिश्रले जानकारी दिए ।

वि.सं.२०६८ को जनगणना अनुसार महिला ३२ हजार ३ सय २३ र पुरुष ३१ हजार ४ सय ९२ गरी कुल जनसख्ंया ६३ हजार ८१५ रहेको छ । यति धेरै संख्या रहेको नगरमा विरामीको चाप धेरै छ । दैनिक चारसय भन्दा बढी विरामी आउने स्वास्थ्य केन्द्रमा औषधिको अभाव त छदै छ, आवश्यक जनशक्ति समेत नभएका कारण उपचारमा समस्या आउने गरेको अधिकृत मिश्र बताउँछन् ।

नगरमा भएका सबै नगरिकलाई स्वास्थ्य सेवा पुर्याउन आवश्यक पहल भैरहेको र अवको केहि दिन मा सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र खोल्ने तयारी भैरहेको छ भने औषधि खरिदका लागी प्रकृया समेत सुरु गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगरपालिकाको वडा नम्वर १ मा सामुदायिक स्वास्थ्य इकाई वडा नम्वर ५ मा शहरी स्वास्थ्य कार्यक्रम, वडा नम्बर २, ७ र ११ रमा आधारभुत स्वास्थ्य केन्द्र द्वारा जनतालाई स्वास्थ्य सेवा प्रदान गरी रहेको छ । अवको केही दिन भित्रै वडा नम्वर ६, ८ र १० मा आधारभुत स्वास्थ्य केन्द्र खोलेर जनतालाई स्वास्थ्यको थप सेवा दिने तयारी भै रहेको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

अर्जुनधारा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा धेरै फड्को मारिसकेको छ । तर पनि अझै धेरै जनता माझ स्वास्थ्य सेवा पुर्याउनु पर्ने देखिन्छ । यसका लागी जनप्रतिनिधिले स्वास्थ्य सम्बन्धि विभिन्न योजना बनाएर अगाडी बढेमात्र जनतामा आधारभुत स्वास्थ्य सेवा पुग्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *