Sajhamanch Archive

‘दि कर्मा’को प्रतिक्रियाबाट उत्साहित परमिता

Published: in टिप्स/जानकारी by .

शुक्रबारदेखि आयोजना हुन लागेको चलचित्र ‘दि कर्मा’को च्यारेटी शो काठमाण्डौमा आयोजना गरिएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ चलचित्रको च्यारेटी शो आयोजना गरिएको हो ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हलमा रिलिज नहुँदै च्यारेटी गरेर संघलाई सहयोग गरेको भन्दै चलचित्रको टिमलाई धन्यवाद दिए । चलचित्रको च्यारेटी शोमा नायिका परमिता आर एल राणा, कलाकार वुद्दि तामाङ लगायतका कलाकारको उपस्थिती थियो ।

नायिका राणाले आफ्नो कामको प्रशंसा भएको भन्दै ढुकढुकी बढेको बताइन् । राणाले भनिन्–‘चलचित्र राम्रो बनेको छ । यसैले म दर्शकलाई हलमा गएर चलचित्र हेर्न आग्रह गर्दछु ।’ कलाकार संघले आर्थिक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफूले च्यारेटी शोका लागि चलचित्र दिने निधो गरेको सुनाए । देवकुमार श्रेष्ठ निर्देशित यो चलचित्रमा नीता ढुंगाना, करण वर्माको मुख्य भूमिका छ । रामेश्वर कार्कीले यो चलचित्रको छायांकन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *