Sajhamanch Archive

घुम्न निस्केका अभिषेकको विराटनगरमा विभत्स हत्या

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । झापा बिर्तामोडका एक युवकको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा शव झापा बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कट्वालको हत्या भएको खुलेको हो । उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए । उनको शव विराटनगर महानगरपालिका(४ र सुनसरीको दुहबी नगरपालिका( १२ सिमाना भएर बग्ने केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।

प्रहरी स्रोतले युवकको विराटनगर महानगरपालिका(४ मा हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् ।सुनसरी प्रहरी प्रमुख, एसपी यज्ञविनोद पोखरेलले युवकको पहिचान खुलेको बताए । पहिचान खुलेका कारण अनुसन्धान गर्न केही सहज भएको उनको भनाइ छ । अनलाइन खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *