Sajhamanch Archive

चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ ।

राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् ।

चीनबाट आफ्ना नागरिक ल्याउन अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको छ । अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर स्वास्थ्य परीक्षणपछि मात्र घर फर्काउने योजना बनाएको छ ।

१३२ जनाको मृत्यु

कोरोनाभाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या बढेर १३२ पुगेको छ भने संक्रमितको संख्या करिब ६ हजार रहेको छ । संक्रमितहरूको संख्या अर्को सातासम्म बढ्नेक्रममा नै रहनसक्ने चिकित्सकहरुले बताएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *