Sajhamanch Archive

बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय बैठक, गोविन्द केसीको मुद्दा के होला ?

Published: in राजनीति by .

काठमाडौं ।  पार्टी सञ्चालन नियमावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक बसेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ ।

विधान र नियमावली प्रकाशनमा पठाउनु अघि अन्तिम रुप दिन बैठब बोलाइएको हो । बैठकमा पछिल्ला राजनीतिक मुद्दामाथि पनि छलफल हुन सक्नेछ ।

चिकित्सा शिक्षा विद्येयक विवादले सरकारमाथि दवाव बनिरहेको छ ।  गोविन्द केसीको अनशन र मागलाई लिएर विपक्षी काँग्रेसले संसद अबरुद्ध पारेको छ ।

हिजोमात्रै सरकारले वार्ताका लागि तीन सदस्यीय वार्ता टोली बनाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् । डा केसी १८ दिनदेखि जुम्लामा अनशनमा छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *