एरा एभरग्रीन २० औं वार्षिकोत्सव
Published: (Updated: )
by .
बुद्धशान्ति ।एरा एभरग्रीन अङ्ग्रेजी माविको २० औँ वार्षिक उत्सव विविध कार्यक्रमका बीच बिहीबार सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बाँस्तोलाको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी, समाजसेवी तथा नव प्रतिभालाई सम्मान समेत गरिएको छ ।
शिक्षासेवी विनय गुरुङ, समाजसेवीमा रामप्रसाद बाँस्तोला तथा नवप्रतिभामा जस्मिन बराललाई सम्मान गरिएको हो । नवप्रतिभाका रूपमा सम्मानित भएकी बराल भरखरै सम्पन्न प्रदेश नम्बर १ स्तरिय गायन प्रतियोगितामा प्रथम भएकी थिइन् ।
विद्यायलका प्रिन्सिपल आदर्श राईले शाब्दिक स्वागत गरेको कार्यक्रममा बोल्दै अभिभावक प्रेम नेम्बाङले बुद्धशान्ति गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित हुँदै गएको यस विद्यालयमा आफ्ना नानीहरुलाई पढाउन पाउँदा आफू लगायत सम्पूर्ण अभिभावक सन्तुष्ट रहेकोमा खुसी प्रकट गरे । त्यस्तै कार्यक्रममा बोल्दै बुद्धशान्ति प्याब्सनका अध्यक्ष विष्णु सापकोटाले विद्यालयले गरेको शैक्षिक प्रगतिको खुलेर प्रंसंसा गरे ।
कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि विद्यार्थीहरुले आविष्कार गरेका विभिन्न उपकरण, हस्तकलाका सामग्री, हस्तलेखन लगायतका विभिन्न सामग्रीहरुको समेत स्टल राखिएको थियो । आकस्मिक सेवा प्रवाहका लागि जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरु पनि आफ्नो छुट्टै स्टल राखेर तयारी अवस्थामा देखिन्थे ।
बुद्धशान्तिका विभिन्न समाजसेवी, शिक्षासेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा गरिएको कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, सन्देशमूलक नाटक, लोकदोहोरी लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
विद्यालयको परिचय माथि थप प्रकाश पादै विद्यालयका प्रवन्ध निर्देशक खगेन्द्र मैनालीले बुद्धशान्ति गाउँपालिका भरि नै अत्तिरिक्त क्रियाकलाप लगायत शैक्षिक क्षेत्रमा आफ्नो विद्यालयले उल्लेख्य प्रगति गरेको तथा भरखरै नेपाल सैनिकको एउटा गणसँग उहाँहरुको नानीहरु पढाउने संझौता गरिएकोले पनि विद्यालयको गुणस्तरमा थप वृद्धि हुँदै जाने बताए । त्यस्तै निकट भविष्यमा नै कक्षा १२ सम्म संचालनमा ल्याउने भएकोले कक्षा नर्सरी देखि उच्च शिक्षा हासिल गर्न समेत विद्यार्थीहरुले अब अन्त जानु नपर्ने कुरामा उनले जोड दिए ।
अन्य विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा साथ सम्पन्न गरिएको वार्षिक उत्सव कार्यक्रम विद्यालयका शिक्षक शंकर उप्रेती तथा विद्यार्थीहरुले संयुक्त रुपमा गरेका थिए ।
Comments