Sajhamanch Archive

विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पर्वतको कुस्मा बजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो मध्ये एक बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वनको सदरमुकाम कुश्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षा गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बन्जी शुभारम्भ गरेका थिए । प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ । बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा क्याम्पिङ रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण काम भइरहेको छ । रिर्सोटमा सबैजसो कोठाहरु टेन्टबाट बनाइँदैछ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *