Sajhamanch Archive

तपाईं दिमागी काम गर्नुहुन्छ ? त्यसो भए खुसी हुनुहोस्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

सिकागो पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ ।

जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो ।

वौद्धिक कामसम्वन्धी गतिविधिजस्तै किताव वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदी काम गर्नेलाई अध्ययन केन्द्रित थियो ।

त्यो अध्ययनबाट यो निश्कर्ष निकालिएको थियो की, “बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने संभावना न्युन हुनेदेखिएको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *