Sajhamanch Archive

औषधीय गुणले भरिएको हरियो धनियाँ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by .

स्वाद र सुगन्धको लागि हरियो धनियाँको प्रयोग गरिन्छ । अचार, तरकारी, दाल वा अन्य परिकारमा मिसाएर खाने धनियाँलाई औषधिको रूपमा प्रयोग समेत गर्न सकिन्छ ।

धनियाँमा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइनुका साथै एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक जस्ता औषधीय गुण हुन्छन् जसले शरीरमा रोग प्रतिरोघात्मक क्षमताको विकास गरेर विभिन्न प्रकारको रोग लाग्नबाट बचाउँछ ।

हरियो धनियाँको नियमित रूपमा सेवन गर्दा भोक जगाएर अरुचिका समस्यालाई समाधान गर्छ । पाचन प्रक्रियामा समेत राम्रो प्रभाव पार्ने धनियाँले पेटमा रहेका किटाणुलाई पनि मार्छ । धनियाँले एनिमियाबाट छुट्कारा दिलाएर शरीरको दुखाइलाई कम गर्छ ।

धनियाँको सेवनले रगतलाई शुद्धीकरण गर्न सहयोग गरि अनुहारमा चमक ल्याउन मद्धत गर्छ । छालाको एलर्जीको समस्यामा पनि फाइदा गर्ने धनियाँको हरियो पातलाई पिसेर अनुहारमा लगाउँदा प्राकृतिक चमक आउने गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ए, सी, र केही मिनरलका कारण धनियाँको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगबाट जोगाउन मद्दत गर्छ । शारीरिक रूपमा कमजोर भएका व्यक्ति, अनिन्द्राको समस्या भएमा, आँखाको समस्या तथा पेटको समस्या भएका व्यक्तिहरूलाई धनियाँको प्रयोग गर्नु एकदम फाइदाजनक हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *