Sajhamanch Archive

दूधे मा.वि.मा स्वर्ण महोत्सवको उद्घाटन, दातासहित उत्कृष्ट शिक्षक सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको उद्घाटन गरेको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी संघीय सांसद लालप्रसाद साँवा र प्रदेश झलकसिं दर्लामी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठले स्वर्ण महोत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले सामुदायिक विद्यालयहरुमा आवश्यकता धेरै भएकाले  त्यसलाई परिपूर्ती गर्न आफु  र सरकार लागि पर्ने बताए । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर १० वर्ष भित्र देशै भर उत्कृष्ट बनाउन सरकार लागि परेको जानकारी दिए ।  समाज रुपान्तरण गर्न पहिले आफु नै लागे मात्र सफल हुने भन्दै उनले आफुले पनि यही विद्यालयमा अध्ययन गरेकाल विद्यालयलाई जग्गा दिएर सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएका थिए ।

विद्यालयको तर्फबाट प्र.अ. कालीप्रसाद रिजालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा गरीब तथा जेहेन्दार छात्रबृत्तिका लागि गोकुल खनाल, लोकनाथ खनाल र चम्पा खनालले १ लाख १ हजार १ सय ११ नगद राशीको जयनारायण अयोध्या स्मृति अक्षयकोष घोषणा गरेका छन् । त्यस्तै समाज सेवी सिंहवीर थाम्सुहाङ्गले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि  १ लाख ५० हजार दिइने घोषणा गरेको शिक्षक यादव प्रसाद घिमिरेले बताए । विद्यार्थीहरुलाई शुद्ध खानेपानीका लागि पिल्टर टयांकीसहितको व्यवस्था स्थानीय अग्निप्रसाद दुलालले गरिदिने घोषणा गरेका छन् । स्वर्ण महोत्सव स्तम्भ निर्माण भूतपूर्व विद्यार्थी मञ्च गर्ने मञ्चका अध्यक्ष असोक बस्नेतले जानकारी दिए ।

कार्यक्रमा जग्गा दिएर विद्यालय स्थापना गर्न सहयोग गर्ने जग्गा दता स्व. तीलबहादुर कडारिया र स्व. रुकमाया कडरियाका छोरा लगनबहादुर कडरियालाई परिवार प्रतिनिधिका रुपमा सम्मान गरिएको थियो । त्यस्तै उमा– उर्मिला छात्रबृत्ति अक्षयकोषबाट विद्यालयका पूर्व प्राचार्य तथा दाताका तर्फबाट उमानाथ दाहालले २०७६ सालको एस.ई.ई. परीक्षा उत्कृष्ट जिपिए ल्याउर उत्तीर्ण हुने रविन पौडल र अस्मिता राईलाई नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए ।

विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । जसमा होमप्रसाद दुलाल, कमला गौतम, दिपक तामाङ्ग, लोकश खनाल, शिव भट्टराई, टेकबहादुर राई, ख्याम भण्डारी, सूर्यमान बानिया, खगेन्द्र उप्रेती, प्रितम अधिकारी, मेदनी केदेम,दुर्गाप्रसाद भट्टराई, र उदयबहादुर खत्री रहेका थिए ।

त्यस्तै उत्कृष्ट शिक्षकहरुमा श्रीप्रसाद खरेल, मदनकुमार चङ्गवाङ्ग, शिवकुमार आङ्गवो, युवराज आङ्देम्वे, सम्राट सेरेङ्ग र जुना श्रेष्ठलाई विद्यालयले सम्मान गरेको छ । त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थी २०७६ को रुपमा विद्या सिग्देल र सचिन राजवंशी प्रशंसा पत्र प्रदान गरिएको थियो । विद्यालयमा विभिन्न विधामा अतिरिक्त क्रियाकलापमा सक्रिय ८ जना विद्यार्थीलाई समेत प्रशंसा पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरु नृत्य, गायन, तथा भेष बदल्ने खेल समेत प्रस्तुत गरेका थिए ।

शिवसताक्षी नगर भित्रका सामुदायिक विद्यालयका प्र.अ., राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधि र अभिभावकहरुको कार्यक्रममा उपस्थिति रहको थियो । कार्यक्रमको सञ्चालन शिक्षक श्रीप्रसाद खरेल र गोविन्द काफलेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *