Sajhamanch Archive

दुई पालिकाको मैत्रीपूर्ण खेलमा चुलाचुली विजयी

Published: in खेलकुद by .

कमल । कमल गाउँपालिका र चुलाचुली गाउँपालिका बीच भएको मैत्रीपूर्र्ण फुटवल प्रतियोगितामा चुलाचुली गाउँपालिका विजयी भएको छ ।

शुक्रबार कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फुटवल प्रतियोगितामा कमल गाउँपालिका झापालाई शुन्यका विरुद्ध ५ गोलले हराउँदै चुलाचुली गाउँपालिका ईलाम विजयी भएको हो ।

खेलमा चुलाचुली गाउपालिकाका जर्सी नं ११ का उद्वव ओझाले ह्याट्रिक गरे भने जर्सी नं ७ का काजिमान राई १ गोल र जर्सी नं ८ मा क्षितिज दाहाल १ गोल गरेका थिए ।

कमल गाउँपालिकाका तर्फबाट पाएको दर्जन बढी अवसरलाई गोलमा परिणत गर्न नसकेका कारण प्रतियोतिमा हार व्याहोर्नु परेको थियो ।
दैनिक कार्यालयको काममा व्यस्त कर्मचारीलाई यस्ता अतिरिक्त प्रतियोगिताले दिमागमा ताजापन ल्याउने र काम गर्न उत्साह बढ्ने भएकाले २ पालिका बीच मैत्रीपूर्ण खेलको आयोजना गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *