Sajhamanch Archive

४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरियो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरीएको छ । लामो बहसपछि बेलायत युरोपियन युनियनसँगको संलग्नाताबाट अलग भएको हो । स्थानीय समय अनुसार राती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा गर्दा देशभर नै उत्सव मनाइएको छ ।

विभिन्न शहरमा भेला भएका सर्वसाधारणले बेलायतको झण्डा फहराएर सरकारको निर्णयको स्वागत गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले जारी गरेको भिडियो सन्देशमा सन् २०१६ सालमा बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने अभियान संचालकका लागि यो सुखद क्षण भएको बताएका छन् ।

बेलायतको घोषणासँगै ब्रसेल्समा युरोपियन युनियनले बेलायतको झण्डासमेत हटाएको छ । यो निर्णयसँगै बेलायत युरोपियन युनियनसँग ११ महिने संक्रमणकालमा प्रवेश गरेको छ । उसले आगामी डिसेम्बरसम्म पुरानै कानुन लागू गर्ने स्पष्ट पारेको छ । जसका कारण मानिससहरु सहजै आवतजावत गर्न पाउने छन् ।

लेबर पार्टीका नेता जारेमी कोर्बिनले बे्रक्जिटबाट अलग हुने निर्णय गरेपनि बेलायतले युरोपियन युनियनसँगको सम्बन्ध सुमधुर बनाइराख्नुपर्ने बताएका छन् ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *