Sajhamanch Archive

‘अस्ट्रेलियन ओपन’ को महिलातर्फको उपाधि केनिनलाई

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको नयाँ विजेता बनेकी छिन् ।

करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् ।

विश्व वरियतामा १४औँ स्थानमा रहेकी केनिनले मुगुरुजाको एक सेटको अग्रतालाई उल्ट्याइन् । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी केनिनले मुगुरुजालाई ४–६, ६–२ र ६–२ को सेटमा पराजित गरिन् । पहिलो सेटमा केही कमजोर देखिएकी केनिनले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई सेट आफ्नो पक्षमा पारिन् ।

आफ्नै पिता मुख्य प्रशिक्षक बनाएकी केनिनको यो करिअरकै अहिलेसम्मको ठूलो उपाधि हो । यसका साथै उनले विश्व वरियतामा पनि ठूलो छलाङ मार्ने भएकी छिन् ।

२१ वर्षे केनिन पछिल्ला १२ ग्राण्डस्लाममा पहिलो पटक जित्ने आठौँ खेलाडी बनेकी छिन् । यसका साथै उनी अस्ट्रेलियन ओपनको उपाधि कम उमेरमा जित्ने मारिया सारापोभापछि दोस्रो खेलाडी बनेकी छिन् ।

अन्तिम सेटको अन्त्यतिर मुगुरुजाले डबल फल गरेपछि उपाधि पक्का गरेकी केनिनले चार दशमलव १२ मिलियन अमेरीकी डलर पुरस्कार पाइन् । यो गएको वर्षको विजेताले पाएको भन्दा २० हजार डलर बढी हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *