Sajhamanch Archive

स्व.लम्सालद्वारा लिखित ‘आघात प्रेम’ उपन्यास वार्षिकीमा विमोचन

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज by .

बिर्तामोड । कनकाई नगरपालिका वडा नं.६सुरुङ्गा निवासी पुस्कर लम्सालको उपन्यास आघात प्रेमको विमोचन गरिएको छ ।

शनिवार एक कार्यक्रमकाबीच कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले उपन्यासको विमोचन गरेका हुन् ।

आर्यन सिटौला र कुसुम कट्वाल सिटौला प्रकाशक रहेको पुस्तक ८६ पृष्ठको छ । पुस्तक लेखनका क्रममा लम्सालको निधन भएपछि सिटौलाद्वयले पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

साहित्यकार कोमलप्रसाद पोखरेलको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा पुस्तकको समीक्षा हरिनारायण भट्टराईले गरेका थिए ।

कुसुम कटुवालले मन्तव्यबाट स्वागत गरेको  विमोचन कार्यक्रमको सञ्चालन जिवनाथ भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *