Sajhamanch Archive

रतुवामाई बृक्षारोपण आयोजना भित्र ईनार फेला पर्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित रतुवामाई वृक्षारोपण आयोजना भित्र एक ईनार फेला परेको छ ।

आयोजना भित्र फेलापरेको ईनार माटाको डवल रिङ्ग प्रयोग गरेर बनाईएको छ । ईनार जमिनबाट करिव ५ फुटको गहिराईमा फेला परेको छ ।

आयोजना भित्र बाख्रा चराउने क्रममा स्थानीय सोमनाल चापागाईले ईनार फेला पारेको बताए । वाख्रा चराउन आउने क्रममा टाडाबाट देखे नजिक गएर हेर्दा ईनार रहेछ उनले भने ।

हालको रतुवामाई वृक्षारोपण आयोजनामा भएको स्थानमा २०१९ सालदेखि छिटफुट रुपमा बस्ती बस्न सुरु गरेको थियो । त्यो भन्दा पहिले यो ठाउँमा घना जंगल थियो । वि.सं. २०३५ सालमा पुन बस्ती खाली गराएर वृक्षारोपण गरिएको थियो । त्यतिबेलाका मानिसले यस्तो ईनार प्रयोग गर्दैन थिए । त्यो बेला त ईनारमा ठुलाठुला रुखलाई खोपेर रिङ्ग बनाएर प्रयोग गरिन्थ्यो अहिलेको जस्तो सिमन्टीको रिङ्गको चलनै नभएको स्थानीय नरेन्द्र बोहोरा बताउँछन् ।

फेला परेको ईनारमा माटाको टायल्सको डवल रिङ्ग बनाएर प्रयोग गरिएको छ । ईनार करिव २ सय वर्ष पुरानो हुन सक्ने स्थानीय दिलिपकुमार चापागाई बताउँछन् । उनका अनुसार यो ठाउमा कुनैवेला ऋषिमुनी आएर बस्ने गरेकाले ईनार बनाएको हुन सक्छ ।
ईनार फेलापरेको स्थानदेखि करिव अढाई किलोमिटर पूर्व प्राचिन वालमिकी आश्रम तथा सिमसार क्षेत्र पर्दछ । यसले पनि यो ईनार कुनै ऋषिमुनीका पालामा निर्माण भएको हुन सक्ने चापागाईको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *