Sajhamanch Archive

नागबेलीले बाँड्यो विद्यार्थीलाई स्कुल ब्याग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बुधबारे । नागबेली लघुवित्त बित्तीय संस्था शाखा कार्यालय बर्ने बुद्धशान्तिले एक कार्यक्रमका बीच विद्यार्थीलाई स्कुल ब्याग र टोपी बितरण गरेको छ ।

संस्थाको १० औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अर्जुनधारा –१० सेतीपानीमा रहेको सिंह बाहिनी प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई स्कुल ब्याग र टोपी बितरण गरेको बुधबारे सेवा केन्द्रकी प्रमुख पदममाया माझीले बताईन ।

विद्यालयका बेनुप्रसाद अधिकारीको सभापतित्व तथा लघुवित्तका जनशक्ति बिभागिय प्रमुख सुविना राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बुधबारे सेवा केन्द्रकी प्रमुख पदममाया माझी, लेखा बिभागका भोटलाल राजवंशी, फिल्ड सहायक सिमा तामाङ, केन्द्रीय जनशक्ति बिभागका फूरु डाइमन तामाङ, विद्यालयका प्रअ नारदप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो । शिक्षक चन्द्रप्रसाद तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रामप्रसाद तिम्सिनाले गरेका थिए । नेपाल राष्ट्र बैंकबाट घ बर्गको ईजाजतपत्र यस संस्था १० जिल्ला कार्य क्षेत्र रहेको छ । केन्द्रिय कार्यालय भने बिर्तामोडमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *