Sajhamanch Archive

कार्यदलले ल्याएको ‘एमसीसी प्रतिवेदन’ हुबहु पारित हुँदैन : दाहाल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अध्ययनका लागि गठन गरिएको कार्यदलले ल्याउने प्रतिवेदन हुबहु पारित नहुने बताएका छन् ।

प्रेस संगठन पोखराले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कार्यदलले ल्याएको कुरा पार्टीले अध्ययन गर्ने र त्यसपछि मात्रै उचित निर्णयमा पुग्ने जानकारी दिए । ‘कार्यदलले जे ल्यायो त्यही पारित गर्ने भन्ने होइन्’, अध्यक्ष प्रचण्डले भने, ‘कार्यदलले राम्रोसँग अध्ययन गरेर ल्याएको कुरालाई पार्टीले अध्ययन गर्छ अनि मात्र निर्णय गर्छ ।’

नेकपाले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खानलको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । अध्यक्ष प्रचण्डले एमसीसीबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भएको बताउँदै उनले कसैले पनि ठाडै स्वीकार र अस्वीकार भने नगरेको बताएका छन् ।

‘एमसीसीबारे केन्द्रीय समितिमा सबै समूहमा व्यापक छलफल भयो’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘केन्द्रीय सदस्यहरुले आफूहरुले राम्रोसँग हामीले बुझ्न र जनतालाई पनि बुझाउनु पर्‍यो भनेका कारण सचिवालयले कार्यदल बनाएको हो । कसैबाट पनि ठाडै स्वीकार र अस्वीकार भएको छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *