Sajhamanch Archive

कन्काई सहित ९ नदि तटबन्धनको लागि चिनिया टोली झापामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भए अनुरुप झापाका ९ ओटा नदि तटबन्धनको  लागि चिनिया टोली झापा आइपुगेको छ ।

वर्षौदेखि नदि कटानको समस्या झेलेको झापाले व्यवस्थित तटबन्धनको सम्भाव्यता अध्ययनको लागि चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीका  ७ जनाको चिनिया र २ जना नेपाली प्राविधिक टोली झापा आइपुगेको हो ।

बुधबारबाट टोलीले अध्ययन कार्य सुरु गर्ने साविक नेकपा एमाले शिवसताक्षी नगर इन्चार्ज राधाकृष्ण खनालले जानकारी दिएका छन् ।

टोलीले मावा, रतुवा, किस्ने, कमल, सतासी, कनकाई, विरिङ, हडिया र निन्दा खोलाहरुको प्रारम्भिक चरणको बिस्तृत अध्ययन गर्नेछ । यसमा नेपाली प्राविधिकहरु समेत संलग्न रहने बताईएको छ ।

प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिवालयका सदस्य होमबहादुर थापका अनुसार बुधबारदेखि टोलीले खोलामा नै काम थाल्नेछ । एक महिना अघि प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भएको सम्झौता अनुसार काम अघि बढ्न लागेको उनले जानकारी दिए ।

टोलीलाई साँसद लालप्रसाद साँवा, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश साँसद झकलसिंह दर्लामी, हिरा थापा, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा लगायतले टोलीलार्इ भद्रपुर बिमानस्थलमा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *