Sajhamanch Archive

एक्सन र इमोसन मिश्रित ‘बागी ३’को ट्रेलर सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी by .

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कूपर स्टारर फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ ।

६ मार्च अर्थात् नेपाली मिति अनुसार फागुन २३ गतेबाट प्रदर्शन हुने फिल्मको ट्रेलर एक्सन प्याक्ड छ । ट्रेलरमा टाइगर ठूला मेशिन र हेलिकप्टर्सका बीच खतरनाक स्टन्ट्स गर्दै देखिएका छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।

३ मिनेट ४१ सेकेण्ड लामो ट्रेलरबाट फिल्मको मूलकथा प्रस्ट्याउन खोजिएको छ । ट्रेलर अनुसार, टाइगरको भाईको भूमिका अभिनेता रितेश देशमुखले निर्वाहा गरेका छन् । उनलाई सोझो युवकको रुपमा प्रस्तुत गरिएको छ । उनलाई बचाउन टाइगरले सबै हद पार गर्छन् । उनी सिरियासम्म पुग्छन् । टाइगरले आफ्नो सिक्स प्याकसहितको शरीर पनि सोअप गरेका छन् ।

‘बागी ३’ को ट्रेलर हेर्दा तपाईंहरुलाई अभिनेता सलमान खान स्टारर फिल्म ‘टाइगर जिन्दा हे’ को महशुस हुनसक्छ । टाइगर श्राफको सर्टलेस एक्सन र लोकेशन धेरै हदसम्म ‘टाइगर जिन्दा हे’ सँग मिल्दोजुल्दो छ । अहमद खानले फिल्मको निर्देशन गरेका हुन् । फिल्मलाई लिएर पहिल्यैदेखि निकै बज बनिरहेको छ । दोस्रो पटक श्रद्धासँग टाइगरको जोडी हेर्न दर्शक आतुर छन् ।

टाइगर, श्रद्धा र रितेशका अलावा फिल्ममा अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेही, अनु कपूरको पनि अभिनय रहेको छ । यो फिल्म फागुन २३ मा आउने भएपछि त्यसको असर नेपाली फिल्मको रिलिज क्यालेन्डमा पर्ने देखिएको छ । यो मितिमा ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *