Sajhamanch Archive

नगरको सहयोगले कृषि पेशाप्रति आकर्षण बढ्दो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

कमल । झापा जिल्लाको मध्यमागमा अवस्थित विर्तामोड नगरपालिका प्रमुख व्यापारीक केन्द्रका रुपमा तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख भै रहेको छ ।

विर्तामोड नगरपालिकामा १ लाख ४७ हजार जनसंख्या रहेको छ । यतिधेरै जनसख्या रहेको नगरले दैनिक लाखौं मुल्य वरावरको तरकारी खपत गर्दछन् । त्यो पनि विषादियुक्त ।

तरकारी खरिदमा दैनिक लाखौ रुपैया वाहिर गएकोले त्यसलाई न्युनिकरणका लागि स्थानिय कृषकलाई तरकारी बालीमा प्रोत्साहन गर्दै आफ्ना नगरबासीलाई विषादीरहित ताजा तरकारी उपलब्ध गराउन नगरपालिका लागि परेको छ ।

कृषि पेशामा आत्मनिर्भर बनाउन नगरपालिकाले विषेश कार्यक्रम सञ्चालन गरेपछि नगर क्षेत्रका कृषक अहिले कृषि कर्मप्रति आकर्षित भएका छन् । नगरको आर्थिक सहयोगमा च्याउखेती सञ्चालन गरिरहेका वडा नम्वर ४ मा भक्ति प्रसाद तिवारी (विदुर)ले च्याउ खेतीबाट मनग्गे आम्दानी गर्ने गरेको बताउँछन् ।

वि. सं. २०७१ सालबाट कृषि पेशामा लागेका तिवारीले च्याउवाट वार्षिक ८ लाख रुपैया आम्दानी गरेको बताउँछन् । उनका अनुसार अझैपनि विर्तामोडमा च्याउको माग अनुसार आफुले पुर्याउन नसकेको छैन ।

नगरले मेयर पकेट कार्यक्रम अन्तर्गत सहयोग गरेपछि कृषकले विभिन्न ५ वटा बाली ९८ विघामा लगाएका छन् जस अन्तर्गत आलु, तोरी, फापर, सुर्यमुखी र राजमा सामुहिक रुपमा खेती गरेका छन् । वडा नं ७ स्थित हाम्रो कृषक समुहले ५ विघा जमिनमा ९३ मन आलु रोपेको र सोबाट प्रति कट्टा १५ मन सम्म आफु उत्पादन हुने कृषक प्रदिप खनाल बताउँछन् ।

मेयर विषादी मुक्त कार्यक्रम अन्तर्गत गत वर्ष ५० जना र यो वर्ष ६५ जना कृषकलाई छनौटगरी विषदीरहित तरकारी उत्पादन सम्बन्धि तालिम प्रदानगरेपछि कार्यक्रममा सहभागी बनेका होमप्रसाद घिमिरेले तालिम लिएर आफुले धनिया , टमाटर, रायो, बन्दाकोपी विक्री गर्ने गरेको र दैनिक एक हजार रुपैया आम्दानी गर्ने गरेको बताए ।

नगरले एक समुह एक उत्पादनलाई प्राथमिकता दिएपछि कृषिकर्म प्रति कृषक आकर्षित हुन थालेका छन् । कृषिका लागी आवश्यक पर्ने सिचाइका लागी नगरले साना सिचाई कार्यक्रम अन्तर्गत गतवर्ष ४२ र यो वर्ष ९० वटा गरि १३० थान मोटर वोरिङ्ग वितरण गरेको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

विर्तामोड नगरपालिकामा दिनानुदीन सहरिकरण हँदै छ यसका लागी आवश्यक अग्र्यानिक तरकारिकारी नगरमै उत्पादन गर्ने उद्देश्यकासाथ नगरपालिकाले कृषिको क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत कृषकलाई सहयोग छ । जसबाट कृषकले राम्रो उत्पादन गरेको वर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत देवराज कार्की बताउछन् । नगरपालिकाले नगरका नागरिकको स्वास्थ्य प्रति निकै चासो राखेको छ । यसकालागी नगरले विषादी रहित उत्पादनमा विषेश ध्यान दिएको अधिकृत कार्की बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *