Sajhamanch Archive

नेकपा शिवसताक्षीमा वडा इन्चार्ज चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवसताक्षी नगर कमिटीले वडा इन्चार्ज चयन गरेको छ ।

विहीबार नगर कमिटीको कार्यालय व्याङ्गडाँडामा बसेको बैठकले ११ वटै वडाका लागि वडा इन्चार्ज र सहायक इन्चार्ज चयन गरेको हो । जसमा वडा नं. १ इन्चार्ज दुर्गा नेम्वाङ्ग, सहायक इन्चार्जमा क. तुलसी दाहाल, वडा नं. २ मा इन्चार्ज दिपेश राई, सहायक इन्चार्ज कुमार कोइराला, वडा न. ३ इन्चार्ज सञ्जय राई, सहायक इन्चार्ज बलिराम तामाङ्ग, वडा नं. ४ मा इन्चार्ज, कमल लामिछाने, सहायक इन्चार्ज, शिव विमली, वडा नं. ५ मा इन्चार्ज गुलावी ताजपुरिया र सहायक इन्चार्ज गणेश सुवेदी रहेका छन् ।

त्यस्तै वडा नं. ६ इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, सहायक इन्चार्ज महानन्द बाँस्कोटा, वडा नं. ७ इन्चार्ज गणेश बजगाई, सहायक इन्चार्ज तुलसी बाँस्कोटा, वडा नं. ८ मा इन्चार्ज धनेन राई, सहायक इन्चार्ज सिताराम निरौला, वडा नं. ९ इन्चार्ज तीलबहादुर कटुवाल, सहायक इन्चार्ज डिल्लीप्रसाद प्रसाईं, वडा नं. १० इन्चार्ज उमानाथ पराजुली, सहायक इन्चार्ज पुष्प पौडल र वडा नं. ११ मा इन्चार्ज श्रीप्रसाद खरेल र सहायक इन्चार्ज विर्ख के.सी रहेको नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *