Sajhamanch Archive

दूधेमा निशुल्क आँखा शिविर, २६० जनाको आँखा परीक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा आयोजित निशुल्क आँखा शिविरमा २६० जनाले आँखा जाँच गराएका छन् ।

विहीबार गंगा चस्मा घर दूधेको आयोजनामा भएको आँखा शिविरमा १२ देखि ७० वर्ष उमेर समूहका स्थानीयले आँखा जाँच गराएका हुन् ।
मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा भएको शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको गंगा चस्मा घरका प्रोपराइटर गंगा बजगाईँले जानकारी दिए ।

शिविरमा मोतिविन्दु र जल विन्दु र अन्य आँखाका विरामी रहेको प्रोपराइटर बजगाइँले बताए । मोती विन्दुका ४० जान विरामीलाई मेची नेत्रालय काकरभिट्टाले विशेष छुटमा अपरेसन गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *