Sajhamanch Archive

अब ब्रिटिस आर्मीमा पनि नेपाली महिला

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ ।

सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।

लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् ।

आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउनसक्ने अपेक्षा गरिएको छ ।

सण्डे टाइम्सका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा तीन हजार गोर्खा सैनिक कार्यरत छन् । महिला भर्तीपछि यो संख्या तीन हजार ८ सय पुग्ने अनुमान छ ।

कान्तिपुर दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *