Sajhamanch Archive

शिवसताक्षीमा समुदायमा सरकारी वकिल कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा समुदायमा सरकारी वकिल सम्वन्धी एक दिने कार्यक्रम गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा सरकारी काम कर्तव्य र अधिकारको बारेमा समुदायसँगै बसेर गरिने अन्तक्रिया सुरु भएसँगै शुक्रबार शिवसताक्षी नगरपालिकामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला न्यायधिवक्ता केशवप्रसाद पन्तले सरकार गठन पछी स्थानीयतह मै सरकारी वकिल र सर्वसाधारणसँग अन्तरक्रिया गरेको पहिलो भएको बताए ।

शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले स्थानीयतहमा न्यायिक समिति भएपनि अदालतले र स्थानीय निकायले हेर्ने मुद्धको  विषयमा अन्योल भएपनि अब सम्मात भएको जानकारी दिए । उनले यस्ता कार्यक्रम पालिकाका प्रत्येक वडाहरुमा आयोजना गर्दा प्रभावकारी हुने जानकारी दिए ।

सहभागीको तर्फबाट बोल्दै शिक्षक श्रीप्रसाद खरेलले सर्वसाधारणले कानून र संविधानमा उल्लेख भएका फौजदारी र देवानी प्रकृतीका मुद्धाको सजायका बारेमा न्युनतम ज्ञान नहुँदा सर्वसाधरण विचौलियाको फन्दामा पर्नुपर्ने तितो यथार्तता सुनाए ।

सरकारी वकीलको कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सर्वसाधणका गुनासा समेत सुनवाई भएको थियो । जिल्ला न्यायधिवक्ता केसवप्रसाद पन्त, जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोईरालाले सर्वसाधणको गुनासा सुनेर जवाफ दिएका थिए ।

कार्यक्रमा शिवसताक्षी नगरपालिकालकी उपमेयर भोजकुमारी नेपाल, जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा शसस्त्र प्रहरीका डिएसपि असोक कुमार साक्यको सहभागीता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *