Sajhamanch Archive

सडक निर्माणका क्रममा भएका विस्तापितलाई पुनर्रस्थापना गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इटहरी । इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापितहरुलाई पूर्नस्थापना गरिने भएको छ ।

इटहरी उपमहानगरले संचालन गरिरहेको वहुबर्षे योजना अन्र्तगत आमझोकी खण्डको सडक कालोपत्रे गर्ने क्रममा पूर्णरुपमा विस्थापित १३ परिवारलाई पूर्नस्थापना कार्यक्रम सुरु गरिएको छ । १३ परिवारलाई इटहरी १० स्थित आमझोकीमा पूर्नस्थापनाका लागि भवनको मेयर द्वारिकलाल चौधरीले सुरुवात गरेका छन् ।

उनले गाउँका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाँउ गाँउका मुलवाटोहरु धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको बताए । कालोपत्रे गर्ने क्रममा विस्थापितहरुलाई एकै ठाँउ जग्गा उपलब्ध गराएर पूर्नस्थापना गर्न वडा नम्वर १० ले गरेको पहलको उनले प्रशंसा गरे ।

वडा नम्वर १० को सार्वजनिक ऐलानी जग्गामा इन्जिनियरिङ्ग कलेज, संग्राहलय, कृषि थोक विक्रि केन्द्र लगायत निर्माण गर्ने वारेमा पहल भइरहेको जानकारी गराए । कार्यक्रममा वडानम्वर १० का अध्यक्ष प्रकाश चौधरी, ११का रुपेश चौधरी,१२ का हेमानन्द दाहाल र १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनतालाई उपमहानगरवासी वनाउन उपमहानगरले गरेको पहलले गाँउका वासिन्दा उत्साहित वनेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *