Sajhamanch Archive

कवि न्यौपानेको काव्य महावीर कर्ण विमोचन

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

भद्रपुर । कवि हरिप्रसाद न्यौपानेको काव्य महावीर कर्ण विमोचन गरिएको छ । भाषाविद चूडामणि रेग्मीले चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको सभाहलमा न्यौपानेको दोस्रो महाकाव्यका रूपमा प्रकाशित महावीर कर्णको विमोचन गरेका हुन् ।

लेखनाथ पुस्तकालयको शुक्रवारे कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रममा न्यौपानेको काव्य विमोचनपछि कवि डम्वरूवल्लभ पौडेलको विद्रोही आवाज कविता संग्रहको कृति परिचर्चा गएिको थियो ।

कृतिको समीक्षा गर्दै समालोचक डा. पुन्यप्रसाद सिग्देलले नाम अनुसार कृतिले सहज विद्रोह नगरेको भन्दै यथास्थितिलाई चित्रण गरेको विचार प्रस्तुत गरे । देशमा व्याप्त विसंगतिप्रति विद्रोही आवाजको सट्टा समर्थनले कृतिको नाम अनुसार कविताका भाव प्रस्तुत हुन नसकेको विचार प्रस्तुत गरेका थिए ।
लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न कवि तथा गजलकारहरूले आ आफ्ना रचना प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *