Sajhamanch Archive

फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ५ नारायणपुरमा रहेको जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ।

आगलागी ९ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका सयौँ सुरक्षाकर्मी साथै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, कावासोती नगरपालिका र भरतपुर विमानस्थलको बरुणयन्त्र आगो नियन्त्रणमा खटिएका थिए। प्रहरी नायव उपरीक्षक प्रवक्ता एक नारायण कोइरालाले आगो नियन्त्रणमा आएको बताए।

आगलागीबाट करोडौँको क्षति भएको सञ्चालक श्रेष्ठले बताए। उनका अनुसार आज बिहान साढे ४ बजे आगलागी सुरु भएको हो। उद्योगका सुरक्षा गार्डले सञ्चालक श्रेष्ठलाई आगोलागीबारे जानकारी गराएलगत्तै प्रहरी र दमकललाई खबर गरिएको थियो। साढे ४ मा आगोलागी हुनेबित्तिकै खबर गरे पनि दमकल पुग्न १ घण्टा लागेको श्रेष्ठले बताए।

विद्युत सट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न नसकेको उनको भनाइ छ। २०५६ सालमा स्थापना भएको सो उद्योगबाट पार्केट, फलोरिङ पार्केट, डेकोरेसनमा प्रयोग हुने काठका फर्निचरहरू उत्पादन हुँदै आएको थियो। उद्योगको मेसिनसहित तयारी फर्निचर र ठूलो परिमाणमा काठ जलेर नष्ट भएकाले करोडौँको क्षति भएको श्रेष्ठले बताए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *